• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मुख्यमन्त्री पौडेलद्वारा माडीमा निर्माण हुने राम मन्दिर निर्माण स्थलको अवलोकन (फोटो फिचर)

✎ शुभसमय२०७७ चैत्र २२ गते, आईतवार २०:२५ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


चितवन / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चितवनको माडीमा निर्माण हुने राम मन्दिर निर्माण स्थलको अवलोकन गर्नुभएको छ ।
माडीमा अयोध्याधाम बनाउनका लागि राम र सीताको मूर्ति तयार गरि आउदो रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गर्ने तयारीका लागि मुख्यमन्त्री पौडेलले राम मन्दिर अवलोकन गर्नुभएको हो ।

अबलोकनपछि भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री  पौडेलले अयोध्याधाम निर्माणले माडीको जनजीवनमा अत्यन्त ठूलो प्रभाव पार्ने बताउनुभयो । उहाँले राम मन्दिर अयोध्याधाम निर्माणमा प्रदेश सरकारले आबस्यक सहयोग गर्ने बताउनुहुदै खर्चको बारेमा चिन्ता नगर्न सबैलाई अनुरोध गर्नुभयो । “राजनीतिक पार्टीको रुपमा विभाजन नगरी सबैको साझा सहमति बनाएर अगाडि बढ्नुपर्छ । तीनै तहको सरकारले यसको जिम्मा लिन्छ ” मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

आगामी वैशाख ८ गते रामनवमीको अबसर पारेर  राम मन्दिर निर्माण स्थलमा विशेष कार्यक्रम गरि राम सिताको मुर्ती प्रतिस्थापन गरिने बताइएको छ । यस कार्यका लागि पूर्वसांसद तीर्थ भुसालको संयोजकत्वमा समिति समेत निर्माण गरिएको छ । अयोध्याधाम निर्माणका लागि प्रधानमन्त्री ओलीको व्यक्तिगत सहयोगमा राम र सीताको मूर्ति समेत तयार भएको छ ।  मूर्ति प्रधानमन्त्रीको सचिवालय बालुवाटार परिसरमा राखिएको छ । प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले गत माघ १७ गते चितवनको भरतपुरमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताउनुभएको थियो ।
माडी नगरपालिकाले कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरेको छ । गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको दाबी गर्नुभएपछि माडीको चर्चा बिश्वभर चुलिएको थियो ।

(फोटोको श्रोत : सुरज थपलियाको फेसबुक )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

बागमती प्रदेश सभा बैठक सुरु

यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा

स्थानीय तहका कर्मचारीले थाले आन्दोलन

चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते

अनमोल केसीलाई आज अदालतमा उपस्थित गराइँदै

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.