
मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ६ को डुम्रेकुनाबाट वडा नम्बर ३ को सोल्टीमोड जोड्ने पक्की पुलको निर्माण कार्य शुरु गरिएको छ ।


११ मिटर चौडाई रहने यस पुलको लम्बाई १२० मिटरको हुनेछ । वारीपारि र बिचमा गरि ३ वटा खम्बा रहने यस पुलको निर्माण सम्पन्न गर्नुपर्ने अवधि ३ वर्ष रहेको भए पनि आउँदो ७८ सालको असार महिना सम्ममा निर्माण सम्पन्न हुने गरि काम शुरु गरिएको साईड इन्चार्ज भिम खतिवडाले बताएका छन् ।

अनक कन्ट्रक्सन कम्पनी प्रालिले पुल निर्माणको ठेक्का पाएको छ । संघीय सरकारको लगानीमा पुलको निर्माण कार्य हुन लागेको हो । पुलको निर्माण पश्चात् साबिक आमभन्ज्याङ गाविस हालको मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५ र ६ तथा वडा नम्बर २ र ३ का जनतालाई प्रत्यक्ष लाभ पुग्नेछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1