
भारतको जम्मु काश्मीरमा भारतीय इन्जिनियरहरूले रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज बनाएका छन् । काश्मीरको चेनाब नदीमा बनाइएको ३५९ मिटर अग्लो आर्क ब्रिजको निर्माण सकिएको बताइएको छ ।
यो आर्क ब्रिजको उचाइ पेरिसको आइफेल टावरको भन्दा ३५ मिटर अग्लो छ । १३ सय १५ मिटर लामो ब्रिजमा १७ वटा स्पान रहेका छन् । २८ हजार करोड भारू लागतमा ब्रिज बनाइएको हो ।


१० हजार ९ सय १६ मेट्रिक टन तौल भएको यो ब्रिजले ८ म्याग्नेच्युडको भूकम्प धान्न सक्छ । १०० किलोमिटर गतिमा रेल कुद्न सक्ने गरी बनाइएको ब्रिजको आयु १२० वर्ष हुने बताइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1