
काठमाडौँ / नेकपा एमालेको माधव नेपाल समूहले नेत्री अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी बनाएको छ ।
आज मंगलबार बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा नेपाल निकट बागमती प्रदेस कमिटिको बैठकले शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी निर्माण गरेको हो ।


समानान्तर कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेको बताइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयका विरुद्ध समानान्तर कमिटी बनाएर अघि बढ्ने रणनीति लिएको यो समूहले बागमती प्रदेशमा यसअघि काठमाडौं जिल्ला कमिटी गठन गरि घोषणा गरिसकेको छ।
यस्तै देशका विभिन्न जिल्लामा समानान्तर कमिटी गठन समेत गठन गरिसकेको छ। यो समुहले ३ महिने अभियान नै सञ्चालन गरेर अघि बढ्ने भन्दै कार्य योजनासमेत बनाइ समानान्तर गरिबिधि समेत गरिरहेको छ।
बागमती प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा हरिकृष्ण थापा र श्याम सिलवालमध्ये एक जनालाई अध्यक्ष बनाउने तयारी रहेको स्रोतले जनाएको छ। त्यस्तै, सिन्धुपाल्चोकमा झम्क नेपाल, नुवाकोटमा नारायण खतिवडा, मकवानपुरमा मनु सिग्देल, सिन्धुलीमा खड्ग खत्री र सूर्य पाख्रिनमध्ये एक जनालाई खनाल-नेपाल समूहले अध्यक्ष बनाउने तयारी गरेको स्रोतको बताएको छ।
यो समुहले दोलखामा भीम दाहाल, भक्तपुरमा ध्रुव विष्टलाई अध्यक्ष बनाउने तयारी गरेको बताइएको छ। यस अघि नेपाल समूहले काठमाडौंमा वसन्त मानन्धरलाई अध्यक्ष र कुसुमकुमार कार्कीलाई सचिव बनाइसकेको छ।