
काठमाडौं / कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ।
महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा नेकपा एमालेका तीनै मन्त्रीहरुले सामुहिक राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो।


नेकपा एमाले प्रदेश संसदीय दलको निर्देशनअनुसार नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा रहनु भएका तीनै जना मन्त्रीले आज राजीनामा दिनु भएको हो ।
एमालेबाट प्रतिनिधित्व गर्ने मंत्रीहरु प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढाले राजीनामा दिएपछि महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ । सामाजिक विकास मन्त्री रावलले आज सामुहिक राजीनामा दिएको बताउनु भयो ।
यसअघि नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1