


भिमफेदी / नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ( अनेमसंघ) भिमफेदीको अध्यक्षमा निर्मला थापा निर्वाचित हुनुभएको छ ।
आज भिमफेदीमा भएको गाउँपालिका सम्मेलनले थापाको अध्यक्षतामा ३६ सदस्यीय नयाँ गाउँपालिका कमिटी निर्माण गरेको हो ।

कार्यक्रमको अबसरमा सुभद्रा मुडवरी लगायत ५ जना महिला नेत्रीहरु विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गर्नुभएको अखिल नेपाल महिला संघ मकवानपुरकी जिल्ला अध्यक्ष पार्वती रानाले जानकारी दिनुभयो ।

अखिल नेपाल महिला संघ मकवानपुरकी जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य पार्वती रानाको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा नेकपा एमाले जिल्ला सदस्य तथा महिला नेत्री जुना दाहाल, लक्ष्मी गजुरेल
एमाले भिमफेदी गाउँपालिका कमिटी अध्यक्ष सानू थापा
लगायत अनेमसंघको जिल्ला स्तरिय नेताहरुको उपस्थिति रहेको थियो ।


What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1