एजेन्सी / सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १३२ पुगेको छ।
त्यहाँको गभर्नरले बिहीबार झडपमा परि मृत्यु हुनेको सङ्ख्याको बारेमा सञ्चारमाध्यमहरूलाई जानकारी गराएका हुन।
शनिवारदेखि सुडानको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच भएका झडपमा उनीहरूको मृत्यु भएको हो ।
सुडानको सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।
‘स्वास्थ्यकर्मीहरूले दिएको विवरणअनुसार झडपमा मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको छ,’ चाडको सीमावर्ती क्षेत्रस्थित सुडानी एक राज्यका गभर्नर मोहम्मद अब्दुल्लाह डौमाले खार्र्तुममा पत्रकार सम्मेलनमा भने ।