सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले जारी गरेको आईपीओ आज बाँडफाँड भएको छ ।
आज शुक्रबार विहान ११ बजे बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँड भएको हो ।
गोलाप्रथाबाट बाँडफाँड भएको आईपीओमा लगानीकर्ता लक्ष्मण श्रेष्ठले बल तानेका थिए ।
मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी १२ लाख ९५ हजार ८ सय ३० जनाको हात खाली भएको छ ।
कम्पनीकाे आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियाे ।
जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए ।
आईपीओको नतिजा मेरो सेयरमा अपलोट गर्न समय लाग्ने भएकोले बाँडफाँड भएको ४ र ५ घण्टापछि मात्र मेरो सेयरबाट हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
७ सय २८ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए । आईपीओको नतिजा मेरो सेयरमा अपलोट गर्न समय लाग्ने भएकोले बाँडफाँड भएको ४ र ५ घण्टापछि मात्र मेरो सेयरबाट हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।