


बलिउड नायिका जान्ह्वी कपुर पनि बिदा मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । उनले, सामाजिक संजालमा माल्दिभ्समा रमाइलो गर्दै गरेका तस्वीर शेयर गरेकी छिन् ।

जान्ह्वीले मुम्बई फर्किएपछि पनि आफ्नो तस्बिर सोसल मिडियामा सेयर गरिरहेकी छिन् । कतिपय तस्बिरमा जान्ह्वीको बोल्ड अवतार पनि देखिएको छ । जसमा, उनी निकै नै हट देखिएकी छिन् ।

जान्ह्वीको यो तस्बिरमा एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘श्रीदेवीको नाम खराब गरिरहेकी छिन् ।’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिम्रोभन्दा राम्रो बडी त मेरो छ ।’

जान्ह्वीको यो तस्बिरमा अहिलेसम्म ६ लाख ५१ हजार बढीले लाइक गरेका छन् ।
जान्ह्वीलाई हालै राजकुमार राव र वरुण शर्मासँग फिल्म ‘रुही’ मा देखिएको थियो । अब जान्ह्वी कपुर गुड लक जेरी, तख्त र दोस्ताना टुजस्ता थुप्रै ठूला फिल्ममा देखिनेछिन् । जान्ह्वीको पछिल्लो फिल्मले बलिउड बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।