
फेब्रुअरीमा सैनिक कु भएयता म्यानमारमा जननिर्वाचित सरकार पुनर्स्थापित हुनुपर्ने मागसहित चर्किएको आन्दोलनको क्रममा बागो शहरमा सेनाले ८० भन्दा धेरै प्रदर्शनकारीको हत्या गरेको अभियन्ताहरुले जनाएका छन् ।
शुक्रबार सेनाले बागोमा प्रदर्शनकारीमाथि गोली चलाएको हो । सेनाले मृतकको शवलाई आफैं लिएर गएकाले मृत्यु हुनेको यकिन संख्या खुल्न नसकेको बताइएको छ ।


सेनाले हिंसा चर्काएपछि यस शहरबाट ठूलो जनसंख्या अन्यत्र सरेको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार सेनाले ठूला हतियारहरु प्रयोग गरेका थिए, उनीहरुले प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाए । गत फेब्रअरीमा सैनिक कु भएयता म्यान्मारमा जननिर्वाचित सरकार पुनस्थापित हुनुपर्ने मागसहित आन्दोलन जारी छ ।
यस प्रदर्शनका क्रममा ६ सयभन्दा धेैरे मारिएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1