
मकवानपुरगढी- तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलबाट आयोजक टिम गढी स्टार स्पोर्ट्स क्लब र मकवानपुरगढी २ अन्तर्गतको सौजन्य ‘ए’ क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।


आइतबार (आज) ७ लिग चरणका खेल सम्पन्न भएका छन् । जसमा एफसी कालिखोला र प्रतिभा ‘बी’ बिच भएको खेलमा दुबै तर्फबाट ३-३ गोल भएको थियो । यसैगरी आयोजक टिम गढी स्टार र नेस्टकला बिच भएको खेलमा आयोजक टिमले नेस्टकला टिमलाई २-० गोलले पराजित गरेको थियो । सौजन्य ‘ए’ र मकवानपुरगढी वडा नं ५ बिच भएको खेल ८-३ गोलले सौजन्य ‘ए’ विजय भएको हो ।

यसैबीच आजै भएको खेलमा प्रतिभा ‘ए’ ले सौजन्य ‘बी’ लाई ५-१ गोलले पराजित गरेको थियो । यसैगरी गाउँपालिका टिमलाई भिसिटीले १३ गोल हान्दा गाउँपालिकाले एक गोल फर्काएको छ । यता पि वाई सी भिटर्न र नागरिक सचेत बीच भएको खेलमा पि वाई सीले नागरिक सचेतलाई ४-१ गोलमा हराएको छ भने युवक क्लबसँग स्पोर्ट समुह ९-३ गोलले पराजित भएको छ ।

मकवानपुरगढी वडा नम्बर ३ मक्रान्चुली , भानुपिच मैदान (फुटसल) मा भइरहेको खेलमा सोमबार पनि ७ समूह बीच लिग चरण अन्तर्गत कै प्रतिस्पर्धा हुने आयोजक संस्था गढी स्टार स्पोर्ट्स क्लबका अध्यक्ष राजकुमार दुलालले बताएका छन् । खेल २०७८ बैशाख १ गते समापन हुने आयोजक क्लबका सचीव एवम् खेलका संयोजक विदुर हुमागाईले बताए ।
