
जनकपुरधाम / नेकपा माओवादी केन्द्रले प्रदेश २ का आफ्ना चार प्रदेशसभा सांसदले दल त्याग गरेकाले कारबाही गर्दै राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त गर्ने प्रदेशसभा सचिवालयलाई अनुरोध गरेको छ ।
माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर जवाफ नआएपछि कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ ।


पदमुक्त हुनेमा तीन जना प्रत्यक्ष निर्वाचन हुन् भने एक जना समानुपातिक प्रदेशसभा सदस्य हुन् ।
प्रदेश सभामा माओवादी केन्द्रका ११ प्रदेशसभा सदस्य थिए । ४ जनालाई कारवाही गरेपछि अब ७ जना सांसद रहनेछन।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1