


मकवानपुरगढी- नेकपा एमाले मकवानपुरगढीका संस्थापक सदस्य रामशरण सापकोटाको निधन भएको तेर्हौं दिनको अवसर पारी एमाले वडा नम्बर ३ को आयोजनामा आज श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । सापकोटा निवास मकवानपुरगढी ३ मक्रान्चुलीमा सभाको आयोजना गरिएको हो ।

एमाले ३ नं वडा कमिटीका अध्यक्ष शत्रुघन दुलालको अध्यक्षतामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । सभामा प्रमुख अतिथी एमाले मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष बद्री प्रसाद लम्सालले पार्टीमा स्वर्गीय सापकोटाले गर्नुभएको योगदानको चर्चा गर्दै उहाँको निधनले एमालेलाई अपुर्णिय क्षती पुगेको धारणा व्यक्त गर्नुभयो ।

श्रद्धाञ्जली सभामा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य बिष्णु प्रसाद दाहाल , एमाले बागमती प्रदेश कमिटी सल्लाहकार बलराम हुमागाँई , जिल्ला कमिटी सदस्य एवम् मकवानपुरगढी गाउँकमिटी अध्यक्ष तेजप्रसाद लम्साल , जिल्ला कमिटी सदस्य एवम् गाउँकमिटी सचीव रामजी सापकोटा , गाउँ कमिटी सचिवालय सदस्य एवम् वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन गाउँकमिटी सदस्य उमेश अधिकारीले गर्नुभएको थियो ।

विभिन्न रोगले ग्रसित सापकोटाको ६२ वर्षको उमेरमा गत चैत्र १९ गते निधन भएको थियो । सापकोटाको परिवारमा उहाँको श्रीमती , २ छोरा र १ छोरी रहेका छन् । लामो समय स्थानीय श्री भानु माविमा अध्यापन गराउनु भएका सापकोटा मिहिनेती किसानको रुपमा पनि चिनिनु भएको थियो ।
