
मकवानपुरगढी- तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड फुटबल प्रतियोगितामा प्रतिभा ‘ए’ र सौजन्य ‘ए’ फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार अपरान्ह भएको सेमिफाइनल खेलबाट प्रतिभा ‘ए’ र सौजन्य ‘ए’ फाइनलमा प्रवेश गरेका हुन् । सेमिफाइनल अन्तर्गत भएको खेलमा वडा नम्बर ५ र सौजन्य ‘ए’ बिच भएको खेलमा सौजन्य ‘ए’ ले वडा नम्बर ५ लाई ६-३ गोलले पराजित गरेको हो भने आयोजक टिम गढी स्टार स्पोर्ट्स क्लब र प्रतिभा ‘ए’ बीच भएको खेलमा आयोजक गढी स्टार २-१ गोलले पराजित भएको छ ।
अब बुधबार (बैशाख १ गते) बिहान तेश्रो र चौथोको लागि वडा नम्बर ५ र गढी स्टार बीच प्रतिस्पर्धा हुनेछ भने पहिलो र दोश्रोकोलागी प्रतिभा ‘ए’ र सौजन्य ‘ए’ बीच भिडन्त हुनेछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1