
पोखरा / गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध कांग्रेस लगायतका विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला संसदको अधिवेशन अन्त्य भएको छ।


प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गुरुङको सिफारिसमा बुधबार राति १२ बजेदेखि लागु हुने गरि संसद अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ।
नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी, जसपा लगायतका दलले आज बिहिबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका बेला एकाएक अधिबेसन अन्त्य भएको छ। यसले विपक्षी गठबन्धनका नेताहरु झस्किएका छन् ।
संबिधानत: मुख्यमन्त्रीले अधिबेशन अन्त्यको सिफारिस गरिसकेपछि प्रदेश प्रमुखले बैठक अन्त्यको घोषणा गर्नैपर्छ ।
यस संगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारलाइ सरकार टिकाउन र बहुमत सिद्द गर्न समय प्राप्त भएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1