• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

चालू वर्षभित्र सामाजिक सुरक्षामा सूचीकृत नहुने रोजगारदातालाई कारवाही

गोविन्द शर्मा तिमल्सिना२०७८ बैशाख २ गते, बिहीबार १९:२७ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

चालू आर्थिक वर्षको असारभित्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत नहुने रोजगारदाता (प्रतिष्ठान) लाई कारवाही गर्ने गरी सरकारले तयारी शुरु गरेको छ ।

सामाजिक सुरक्षा कोषले असारसम्म विभिन्न कारणले कोषमा सूचीकरण हुन छुटेका रोजगारदाताका लागि असारसम्म समय दिने र त्यसपछि पनि बिना कारण सूचीकरण प्रक्रियाबाट पन्छिनेलाई कारवाही गर्ने भएको हो ।

कोभिड संकटका कारण गत वर्षको मंसिर १४ गतेपछि सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्न कुनै सूचना जारी नगरेको कोषले अब असारसम्म सबै रोजगारदाता सूचीकृत हुनुपर्ने निर्देशन दिएको छ । “योगदानमा आधारित सुरक्षा ऐन प्रारम्भ भएको ६ महिनाभित्र पुराना रोजगारदाता सूचीकरण भइ्सक्नुपर्ने भन्ने उल्लेख गरेको छ । तर अभैm पनि कतिपय रोजगारदाता सूचीकरण हुन नआएको पाइएको छ,” कोषका सहप्रवक्ता रोहित रेग्मीले भने, “असार मसान्त भित्र सूचीकरण हुन आउनका लागि सूचना गरिएको छ ।” असारसम्म पनि सूचीकरणमा नआउने रोजगारदातालाई कानुन अनुसार कारवाही गर्ने योजना अनुसार ३ महिना अगाडि नै सूचना गरिएको सह–प्रवक्ता रेग्मीले जानकारी दिए ।

ऐनामा कुनै रोजगारदाता तोकिएको अवधिभित्र कोषमा सूचीकरण नभएमा वा रोजगारदाताले नियुक्त गरेको वा निजसँग रोजगार सम्बन्ध कायम भएको श्रमिकलाई कोषमा सूचीकरण नगरेमा कोषले त्यस्तो रोजगारदातालाई सूचीकरण गर्न अनुरोध गर्ने र यसरी अनुरोध गर्दा समेत नमानेको देखिए श्रमिकले काम गरेको समयको पैसा असुल उपर गराउने उल्लेख छ । यसरी नै ऐनमा उल्लेख भए अनुसार समयमा सूचीकरण भई श्रमिकको रकम जम्मा नगरे सोको व्याज सहित असुल गर्ने उल्लेख छ ।
ऐनमा सूचीकरणका लागि सूचना प्रकाशित गर्नुपर्ने र सूचनाका आधारमा ६ महिनाभित्र पुराना सबै रोजगारदाता सूचीकरण भइसक्नु पर्ने उल्लेख छ । सामाजिक सुरक्षा योजना संचालन कार्यविधिको दोस्रो संशोधनले चालू आवको असारसम्म सूचीकरण हुने रोजगारदातालाई विशेष कार्यक्रम समेत राखेको कोषले जनाएको छ ।

हाल देशभर ९ लाख भन्दा बढी रोजगारदाता भए पनि शुक्रबारसम्म कोषमा १३ हजार ६७६ रोजगारदाता र १ लाख ९७ हजार १६५ श्रमिक मात्र सूचीकृत भएका छन् । यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ९ हजार १ सय ३६ रोजगारदाता र १ लाख ४७ हजार ६ सय ३१ श्रमिक सूचीकृत भएका छन् । कोषमा हालसम्म श्रमिकहरुले ५ अर्ब ३ करोड रुपैयाँ योगदान रकम जम्मा भइसकेको छ ।

रोजगारदाता, श्रमिक र सरोकारवाला समेतको सुझावलाई समेटी वित्तीय दीगोपनाको पक्षलाई समेत ध्यानमा राख्दै योजनाहरु समय सापेक्ष र योगदानकर्तामैत्री हुने गरी कार्यविधिको दोश्रो संशोधन गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली बताए । साथै निवृत्तीभरण लगायत कार्यान्वयनमा आउन समय लाग्ने अन्य योजनाहरूलाई थप प्रभावकारी बनाउन कोष प्रयत्नरत रहेको उनले जनाए । कारोबारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

शेयर बजार साढे १८ अङ्कले घट्यो

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.