काठमाडौं / नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) ले आजै गृहमन्त्रीको रुपमा शपथ लिनुहुने भएको छ।
नेकपा माओवादी केन्द्रले बादललाइ पार्टीबाट निस्कासन गरेसंगै राष्ट्रियसभा सदस्य पद गुमाउनु भएका बादल मन्त्रीबाट पनि स्वतः पदमुक्त हुनुभएको थियो।


सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लाग्नुभएको हो।
आइतबार साँझ राष्ट्रपति भवनमा उहाको शपथग्रहण कार्यक्रमको आयोजना गरिएको बताइएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1