
हेटौंडा / नेकपा एमाले मकवानपुरकी पुर्व अध्यक्ष मुनु सिग्देललाई पार्टीको नीति र हित विपरित काम गरेको भन्दै नेकपा एमाले मकवानपुरले स्पष्टिकरण सोधेको छ ।


आफ्नै पार्टी नेतृत्वको सरकारको विरोधमा गतिविधि गरेको, नेकपा एमालेकै तर्फबाट बागमति प्रदेशसभा सदस्य भएपनी आफ्नै पार्टीको मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको, पार्टी हित विपरित कार्य गरेको, पार्टिको झण्डाको दुरुपयोग गर्दै गुटगत गतिविधि गरेको तथा नेकपा एमालेको नाममा रहेको ९ लाख ३५ हजार रुपैया झिकेर आफुखुसी खर्च गरेको भन्दै एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले स्पष्टिकरण सोध्नुभएको हो ।
पत्रमा ३ दिन भित्र स्पष्टिकरण पेश गर्न भनिएको छ।


What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1