
हेटौंडा / नेपालमा थप ७६८ जनामा कोरोना पुष्टि भएको छ ।


स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ७६८ जना संक्रमित थपिएको जानकारी दिएको हो । यो संगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७५ हजार ३८ जना संक्रमण मुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०७५ रहेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ५४५ रहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1