
मकवानपुरगढी – मकवानपुरगढीमा आइतबार (आज) गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम ब्यावसायिक गाईपालन सम्बन्धि आधारभुत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ , मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ब्यावसायिक गाईपालनका फाईदा , चुनौती र अवसरका विषयमा छलफल गरिएको संस्थाका अध्यक्ष अर्जुन दाहालले बताएका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले पालिकाले कृषि, पर्यटन र उद्योगको विकासमा विशेष ध्यान दिएको भन्दै त्यसका लागि विभिन्न कार्यक्रमका साथ काम गरिरहेको धारणा व्यक्त गर्नुभयो । कृषिमा लागेका किसानको लागि उत्पादन बिक्रीका आधारमा दुधमा प्रतिलिटर तथा खाद्यान्नमा प्रतिकेजी अनुदान दिने कार्यक्रम लागू गरिएको भन्दै उत्पादन तथा बिक्रीमा जसको धेरै योगदान रह्यो त्यति नै धेरै अनुदान पाउने धारणा व्यक्त गर्नुभयो । काम गर्न खोज्नेलाई काम गर्ने वातावरण सिर्जना गरिने भन्दै त्यसका लागि विभिन्न कार्यक्रम मार्फत सहयोग हुनेछ हुमागाईले भन्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा NLSIP का प्रमुख डा. बिदुर गौतम , वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे , प्रोगोसिप डेरी एण्ड एग्रोसोलुसनका डा. रेखा केसी , गोपाल थापा , संस्थाका पुर्व अध्यक्षहरु अनिरुद्र दाहाल , तेजप्रसाद लम्साल , कृष्ण प्रसाद पोखरेल , उपाध्यक्ष केदारप्रसाद लम्साल , ब्यवस्थापक बलराम हुमागाई , सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल , संस्थाका संचालक सदस्य (जिल्ला प्रतिनिधि) जनक रेग्मी , संचालक ,शेयर सदस्य ,कर्मचारी लगायत किसानहरुको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष अर्जुन दाहालको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।