काठमाडौं / सरकारले कोरोना भाइरसको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ ।
बैठकले सभा जुलुस, सिनेमा हल, डान्सबार, दोहोरी साँझ, रात्रिकालीन व्यवसाय, क्लव, दोहोरी साँझ, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हाे ।
साथै बैठकले बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा सन्चालन गर्ने समेत निर्णय गरेको छ।