
हेटौंडा / मकवानपुर जिल्लामा आइसोलेशन र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाइने भएको छ।
कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले जिल्लामा संङक्रमण दर बढ्दै गएपछि आइसोलेशन र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो।


बैठकले स्थानीय तहको समन्वय र सहकार्यबाट स्थानीय तहमै संचालन भइरहेको विद्यालयहरुलाई स्वास्थ मापदण्ड अपनाएर पठनपाठन गराउने र आवश्यकता अनुसार वार्षिक परिक्षा सञ्चालन गर्ने ब्यबस्था मिलाउन आग्रह गरेको छ ।
त्यस्तै सिनेमा हल, होटल, रेष्टुडेण्ट राती ९ बजे सम्म मात्र संञ्चालन गर्ने , धार्मिक मठमन्दिरमा नित्यपुजा बाहेक भिडभाड नगर्ने र राजनीतिक दलहरुको तर्फबाट जुलुस, धर्ना, भेला र बैठकहरु संचालन नगर्न समेत आग्रह गरेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1