


हेटौंडा / नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलाबाट केन्द्रीय उपमहासचिवमा मकवानपुरका धरम लामा चयन भएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार महासंघको राष्ट्रिय भेलाले लामालाइ केन्द्रीय उपमहासचिवमा चयन गरेको हो ।
यसैगरि मकवानपुरकै दिपक न्यौपाने केन्द्रीय सचिवमा चयन भएका छन् ।
महासंघले रमेश पौडेलको संयोजकमा ५ सय ५१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । कमिटिको वरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत, उपाध्यक्षमा प्रभातजंग कटुवाल, एकेन्द्र कुँवर, गोविन्द भट्टराई, ध्रुव आचार्य लगायत १२ जना चुनिएका छन् । यस्तै महासचिवमा मेघराज पौडेल चुनिएका छन् ।
लामा यस अघि महासंघको केन्द्रिय सदस्य रहेका र हाल नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य समेत हुन ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1