• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मकवानपुरगढीमा केन्द्रिय दुग्ध सहकारी संघको बैठक तथा कार्यशाला गोष्ठी

गोविन्द शर्मा तिमल्सिना२०७८ बैशाख ७ गते, मंगलवार २२:४१ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी – केन्द्रिय दुग्ध सहकारी संघ लि. को आयोजनामा संघको बैठक तथा ‘दुग्ध क्षेत्रमा देखिएका समस्या , समाधान र अवसर विषयक अन्तरक्रियात्मक कार्यशाला गोष्ठी’ मकवानपुरगढीमा सम्पन्न भएको छ ।

केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षता एवम् मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सभाध्यक्ष देवकोटाले दुग्ध सहकारी मार्फत सम्पन्न गरिएको तथा गरिने किसानमुखी कार्यक्रमहरुका बारेमा प्रकास पार्दै दुग्ध क्षेत्रका समस्या , चुनौती , अवसर तथा समस्या समाधानका उपायहरु कार्यपत्र मार्फत प्रस्तुत गर्नुभएको थियो । साथै त्यस विषयमा केन्द्रिय दुग्ध सहकारी संघले खेलिरहेको भुमिकाका बारे सहभागीहरुलाई अवगत गराउँदै कोभिड -१९ ले दुग्ध क्षेत्रमा पारेको प्रभाव तथा उद्योगीहरुले किसानको दुधको भुक्तानीमा गरिरहेका ढिलाइ प्रती ध्यानाकर्षण भएको भन्दै यथासिघ्र भुक्तानी गर्न अनुरोध गर्नुभएको थियो ।

बागमती प्रदेश सरकारले हेटौंडामा धुलो दुग्ध कारखाना निर्माण गरिरहेको तथा सहकारीहरुले दुध प्रशोधन तथा परिकार उत्पादनमा जोड दिइरहेको भन्दै देवकोटाले दुग्ध खपतमा केही सहजता हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले केन्द्रिय स्तरको यस कार्यक्रम मकवानपुरगढीमा आयोजना गरिएकोमा आयोजकलाई विशेष धन्यवाद दिंदै यस्ता कार्यक्रमले मकवानपुरगढीमा आन्तरिक पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने भन्दै गाउँपालिकाले शिक्षा , कृषि , पर्यटन र पुर्वाधारमा जोड दिइरहेको धारणा व्यक्त गर्नुभयो ।

अहिले पनि सहकारी क्षेत्रलाई अगाडि बढाउन बिचौलियाहरुको समस्या रहेको भन्दै गाउँमा उत्पादित दूध लगायत अनाज सहकारी मार्फत खरिद बिक्री गरेमा गाउँपालिकाले अनुदानको ब्यवस्था गरेको , १ वडा १ पशुप्राविधिक , कृषि प्राविधिक , कृषिमा ब्यावसायिक तथा यान्त्रीकरण , किसान क्रेडिट कार्ड लगायत किसानलाई ब्याज अनुदानका कार्यक्रम लागू गरिएको भन्दै हुमागाईले पालिकामा पशु दाना उद्योग स्थापना गरिएकाले पशुपालन क्षेत्रमा लागेका किसानहरुलाई केही राहत पुग्ने तथा सहकारी उद्योगलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पालिका भित्रका बाँझो जग्गा ब्यवस्थापन गर्नु चुनौतीको विषय रहेको भन्दै अध्यक्ष हुमागाईले खाली जग्गामा तरकारी , फलफूल , माछापालन , पशुपालन लगायतका कार्य गर्नेलाई पालिकाले विशेष अनुदानको ब्यवस्था गरेको भन्दै पालिकामा बसाई सराई गरि आउनेलाई ५० हजार अनुदान दिने नीति रहेको धारणा व्यक्त गर्नुभयो ।

सोही प्रसंगमा अध्यक्ष हुमागाईले आफुपनी दुग्ध सहकारी क्षेत्रमा लामो समय ब्यतित गरेको भन्दै यस क्षेत्रका समस्याका विषयमा जानकार रहेको हुँदा समस्याका समाधानका लागि लागिरहेको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी रजिस्ट्रार विक्रम प्रसाद पाण्डेय , प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीका बल्दब सापकोटा , संघका बरिस्ठ उपाध्यक्ष अमरबहादुर कुँवर लागायतकाले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघका संचालक , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी , तनहुँ जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष , दुग्ध सहकारी संघका ब्यवस्थापक लगायत कर्मचारी , पत्रकार लगायतकाको कार्यक्रममा उपस्थिति रहेको थियो । केन्द्रिय संघका बरिस्ठ उपाध्यक्ष अमरबहादुर कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संघका महासचिव राम आचार्यले संचालन गर्नुभएको थियो । बागमती प्रदेश दुग्ध विकास बोर्डको आर्थिक सहयोग तथा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयोजनमा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रम मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ , ताप्लाखर्कमा रहेको ‘होटल गढी भ्यु एण्ड रिसोर्ट’ मा आयोजना गरिएको थियो । आन्तरिक पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याएको भन्दै गाउँपालिका अध्यक्ष हुमागाईले सहभागीहरुलाई निशुल्क जिपलाईन खेल्ने ब्यवस्थापन गर्नुभएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.