मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ मक्रान्चुली फुटसलदेखि गाउँपालिका सम्मको सडकखण्डमा स्ल्याब ढलानको काम आज आईतबार बाट सुरु भएको छ ।
गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले आज स्ल्याब ढलान कार्यको उद्घाटन गर्दै निर्माण पश्चात् बागमती प्रदेशको राजधानी हेटौंडा देखि गाउँपालिका कार्यालय सम्म आवतजावत गर्न अब सहज हुने बताउनु भएको छ ।
बागमती प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयको बजेटबाट ८ सय ३० मिटर सडकमा स्ल्याब ढलान गर्न लागीएको हो । ए एस सी कन्सट्रक्शन तथा मल्टीप्रपोज कम्पनी प्रा लि ले स्ल्याब ढलानको जिम्मा पाएको छ । मन्त्रालय संग ८७ लाख रुपैंयामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरीएको र बैशाख महिना भरमा निर्माण कार्य सम्पन्न गरिने ए एस सी कन्सट्रक्शन तथा मल्टीप्रपोज कम्पनी प्रालि का संञ्चालक चन्द्र कुमार राईले बताउनु भएको छ ।
गाउँपालिका प्रवेश गर्ने मुख्य सडकमा स्लयाब ढलान गर्न लागिएकोले सडक निर्माण सम्पन्न नभएसम्म गाँउपालिकामा आवतजावत गर्न बैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने निर्माण कम्पनिले जनाएको छ ।
उद्घाटनमा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेको पनि उपस्थिति रहेको थियो ।
सम्वन्धित समाचार
Add A Comment