
मकवानपुर- कोभिड १९ का कारण भारतमा स्थिति डरलाग्दो बन्दै गएको छ । वर्डोमिटरको पछिल्लो रेकर्ड अनुसार भारतमा एक्कैदिन ३२ सय पचासीको संक्रमण कै कारण ज्यान गएको छ । सोही अवधिमा संक्रमित हुनेको संख्या ३ लाख ६२ हजार नौसय दुई रहेको छ । हालसम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ७९ लाख ८८ अठासी हजार ६ सय सैतिस रहेको छ भने मृत्यु हुनेको संख्या २ लाख १ हजार १ सय पैसठ्ठी पुगेको वर्डोमिटरले जनाएको छ । भारतमा कोभिडकै कारण ज्यान गुमाउनेको संख्या त्यो भन्दा माथी हुन सक्ने संचार माध्यमले जनाएका छन् ।
उता ब्राजिलको पछिल्लो तथ्यांक पनि डरलाग्दो छ । पछिल्लो तथ्यांक अनुसार ब्राजिलमा एक्कैदिन ज्यान गुमाउनेको संख्या २८ सय १८ रहेको छ । यसै अवधिमा ७१ हजार १०७ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा कुल १ करोड ४४ लाख ४१ हजार ५६३ जना संक्रमित हुँदा ३ लाख ९५ हजार २२ जनाले ज्यान गुमाई सकेका छन् ।
हालसम्म कोभिड कै कारण धेरै संक्रमित हुने तथा ज्यान गुमाउनेको देश अमेरिका रहेको छ । त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ५ लाख ८७ हजार २७६ पुगिसकेको छ भने संक्रमितको संख्या ३ करोड २९ लाख १८ हजार ४९७ रहेको वर्डोमिटरले जनाएको छ ।
