


काठमाडौं / देशमा तिब्र गतिमा बढिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख १६ गते बिहीबार देखि नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो।
भारतमा कोरोनाको कारण दैनिक लाखौ मानिसहरु कोरोना संक्रमित भैरहेको र स्थिति नियन्त्रण बाहिर गैसकेकोले नेपालमा पनि सोको असर तिब्र रुपमा पर्न सक्ने हुदा वैशाख १६ गतेदेखि सीमानाका बन्द गर्ने निर्णय भएको श्रोतले जानकारी दिएको छ ।
पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्च तहमा पुगेका बेला भारतसँगको सीमा बन्द गरिनुपर्ने माग हुँदै आएको थियो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1