• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

जसका ‘वक्ष’का ट्याटु भाइरल भइदियो

✎ शुभसमय२०७८ बैशाख १४ गते, मंगलवार ११:२५ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं / गायिका सरस्वती लामाको ‘वक्ष’मा खोपिएको ट्याटुले निक्कै चर्चा पायो । उनको एउटा तस्बिर सामाजिक सञ्जालदेखि अनेक ठाउँमा भाइरल पनि भयो । तर, त्यहाँमात्र होइन उनले अन्य गोप्य ठाउँमा पनि ट्याटु खोपाएको खुलासा गरिन् । भनेकी छन्,‘ट्याटु त मैले नदेखाउने ठाउँमा पनि खोपेकी छु ।’

नेपालमा ट्याटु खोप्ने चलन जति बढेको छ, त्यति नै यससम्बन्धी कलाकारको माग पनि । खासगरी मिडियामा आउने सेलिब्रिटीले गोप्य अंगमा ट्याटु खोपेपछि तस्बिरहरू भाइरल भए । ट्याटु खोप्नु सौख पनि हो । तर, कतिपय नेपाली अभिनेत्रीका ट्याटु खोपेका तस्बिर ‘लिक’ हुँदा आलोचना पनि भयो ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘वक्ष’मा खोपिएको ट्याटुको तस्बिर भाइरल भयो । यसमा उनको आलोचनामात्र भएन, प्रष्टीकरण पनि दिनुपरेको थियो । उनले ट्याटु बनाउनेले नै तस्बिर सामाजिक सञ्जालमा भाइरल पारेको बताउँदै आवेग समेत पोखेकी थिइन् ।

ट्याटु हात, खुट्टा, ढाडलगायत शरिरमा आकर्षित अंगमा खोप्ने चलन नेपालबाट सुरु भएको होइन, यो विश्वव्यापी प्रचलनअनुसार नै खोपिने गरेको छ । कतिपयले ‘नाइटो’ वरिपरि, कम्मर, पेटमा पनि खोप्ने गरेका छन् । तर नेपालका प्रायः अभिनेत्रीले भने ‘क्लिभेज’मा देखिने गरी वक्षको वरिपरि नै खोपेका छन् ।

यो चलन अभिनेत्री सुष्मा कार्कीबाट सुरु भएको मान्छन् कतिपय कलाकार । कार्कीले सूर्याकारको ट्याटु खोपेकी छन् । ट्याटुमात्र नभएर कार्कीले नाइटोमा पियर्सिङ पनि गरेकी छन् ।

कतिपय ट्याटु रहरमात्र नभएर अध्यात्मसँग जोडिएका सौख पनि हुने गरेका छन् । यस्तो सौखका आधारमा नै आफुले ट्याटु खोपेको त अभिनेत्री करिश्मा मानन्धरले बताउँदै आएकी छन् । उनले पनि वक्षमै टयटु खोेपेकी छन् ।

एकजना ट्याटु बनाउने कलाकारका अनुसार युवतीहरूका गोप्य अंग र आकर्षित बनाउने ठाउँमा ट्याटु बनाउने काम आउँछ । कतिपयले तिघ्रा, पाखुरा, वक्ष, नाइटो, पेट वा त्यसका वरिपरि र ढाडमा समेत खोपाउने गरेका छन् । उनी भन्छिन्,‘यो एक प्रकारको आइडेन्टीटी पनि बन्दो रहेछ । त्यसैले यस्तो रिक्वेस्ट आउने गरेको छ । कलाकारले मात्र होइन टिएजर्सलगायतले पनि खोप्ने गरेका छन् ।’

सूर्य, ड्रागन, स्वतन्त्रता, बाघ, सिंह वा अनेक आकृतिका ट्याटु खोप्नका लागि अनुरोध हुने गरेको छ ।

ट्याटु विश्वबजारमा १५ औं शताव्दी देखि नै खोप्ने चलनमा आएको बताइन्छ । अमेरिकालगायत युरोपियन मुलुकहरूले यसलाई प्रचलनमा ल्याएका हुन् ।

तर ट्याटु खोप्ने कलाकार भने जापानले धेरै भन्दा धेरै उत्पादन गरेको बताइन्छ । खासगरी सैनिकहरूलाई युद्धमा जाँदा नचिनिने बनाउनका लागि ट्याटु खोप्ने प्रचलन थियो । जुन आधुनिक विश्वमा आउँदा ख्याती प्राप्त फेसन बनिसकेको छ । ( दैनिक नेपालबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

निरुता सिंहले गरिन् बिहे

भुवन केसीविरुद्धको मुद्दा जितेपछि साम्राज्ञी बताउछीन् आफ्नो नयाँ अध्याय सुरु भएको

अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या

गायक प्रकाश सपुतमाथि बोतल प्रहार

‘हिमालय लोकस्टार’को उपाधि बलराम विश्वकर्मालाई

संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.