


हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरि ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।
नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले आजै सपथ ग्रहण गर्नुभएको छ ।
नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशव पाण्डे, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले पद तथा गोपनीयताको सपथ गर्नुभएको हो ।
मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पौडेलले सपथ गराउनुभयो ।
नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो ।
सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्री विहीन थियो ।