
मकवानपुर- पुर्वी मकवानपुरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागमती गाउँपालिकाको जनवर्गीय संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको लेखा समिति प्रमुखमा यूवा व्यवसायी तथा युवा लिडर भुवन घिमिरे चयन भएका छन् ।
वाइसीएल नेपाल बागमती गाउँपालिकाको पहिलो बैठकले घिमिरेलाई लेखा समिति प्रमुखको जिम्मेवारी तोकेको हो ।बैठकले मुक्ति लामाको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन गरेको हो । कमिटिको उपाध्यक्षमा चन्द्र शेखर थिङ,द्धितिय उपाध्यक्ष जोगेन्द्र राई, सचिव र्दशन पाख्रिन चयन भएका छन् ।
कमिटीको सह—सचिवमा आकाश लामा९दावा०, शुभराज तुम्सिङ, मिलन तिमल्सिना चयन भएका छन् भने कमिटिको कोषाध्यक्षमा सविना माझि चयन गरेको छ ।त्यसैगरि वाईसिएल बागमति अनुशासन विभाग प्रमूखमा विर बहादुर भोलन, युवा तथा खेलकुद समिति प्रमूखमा उमेश पुलामी, श्रम तथा रोजगार समितिमा जसमान स्याङ्तान,संगठन प्रकाशन समिति प्रमूखमा मूक्ति लामा, सुचना तथा सञ्चार विभाग प्रमूखमा मिनबहादुर घलान, निर्वाचन आयोग प्रमूखमा पदमबहादुर घलान, संगठन विभाग प्रमूखमा दर्शन पाख्रीन चयन भएका छन् ।