
मकवानपुर- लामो समय पश्चात् मकवानपुरको हेटौंडा लगायत धेरै ठाउँमा वर्षा भएको छ ।
गएराती देखी नै हेटौंडा , मनहरी , मकवानपुरगढी , भिमफेदी , बकैया लगायतका मकवानपुरका अधिकांश ठाउँमा मेघ गर्जन सहित पानी परिरहेको छ ।
बैशाख महिनाको आधाआधी समय बित्दा पनि पानी नपर्दा आकासे पानीको भरमा पाखोबारीमा मकै छर्नेबाट किसानहरु बन्चित भइरहेका थिए । मकै छर्ने देखि तरकारीबाली लगायत पाखोबारीमा पशुपालनका लागि लगाइएको घाँसलाई समेत परेको पानीले धेरै नै राहत पुगेको छ ।
यस क्षेत्रका धेरै किसानहरूले ब्यवसायिक तरकारीखेती , पशुपालन गरिरहेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1