


बुटवल / नेकपा एमालेका स्थाइ कमिटीका सदस्य शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ ।
लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम संसदमा बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई पुन: मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको आधारमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्तिमार्फत जनाउनु भएको छ ।
नयाँ सरकार बनेको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधानलाई मध्यनजर गर्दै मुख्यमन्त्री पोखरेलले आइतबार राजीनामा दिनुभएको थियो । राजीनामा लगत्तै आफ्नो पक्षमा बहुमत रहेको जानकारी गराएका पोखरेल पुनःमुख्यमन्त्री बन्नुभएको हो ।
