


हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ ।
यो संगै २४ घण्टामा हेटौंडा अस्पतालमा ३ जना कोरोना संक्रमितले ज्यान गुुमाएका छन् ।
आज बिहान साढे ९ बजे कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा महोत्तरी जलेश्वर-२ का ५० वर्षीय पुरुष रहेका छन् । उनलाई ६ दिन अघि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याईको बताइएको छ ।
यसअधि आज बिहान ६ बजेर २२ मिनेटमा बाराका ४६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो भने गएराति ९ बजेर १७ मिनेटमा हेटौंडा-१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1