• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

✎ शुभसमय२०७८ बैशाख २१ गते, मंगलवार १२:४७ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं / कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ ।

भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ ।

अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टोरमार्फत भुटान पु-याइएको थियो ।

भुटानको यो अवस्था देखेर अहिले विश्वका धेरै देश चकित छन् । भारतले दिएको कोरोना भ्याक्सिनबाट उसले यो सफलताको कथा लेखेको हो ।

भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु भएको छ ।

भुटानको यो अवस्था देखेर अहिले विश्वका धेरै देश चकित छन् । भारतले दिएको कोरोना भ्याक्सिनबाट उसले यो सफलताको कथा लेखेको हो ।

हिमनदी र अग्ला पहाडले घेरिएको देशको कतिपय ठाउँ जान सडकसम्म छैन । भुटान सरकार प्रत्येक नागरिकप्रति उत्तरदायी छ । कोरोना संक्रमित भइहाले स्वास्थ्यमा उच्च सतर्कता र सावधानी अपनाइएको छ ।

तर, छिमेकी मुलुक भारतमा दैनिक ३ लाखभन्दा बढी कोरोना संक्रमित भइरहेका छन् । दैनिक कोरोना संक्रमित हुने दरमा भारत पहिलो स्थानमा छ । जहाँ दैनिक ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ । नेपालमा मात्रै सोमबार ७ हजार ३ सय ८८ संक्रमित थपिए । यो संख्या कोरोना महामारी फैलिएपछि हालसम्मको नयाँ रेकर्ड हो ।

त्यस्तै, सार्क मुलुक पाकिस्तानमा दैनिक ४ हजारको संख्यामा संक्रमित थपिएका छन् । जहाँ ८ लाख ३४ हजार १ सय ४६ संक्रमित भइसकेको छन् । कोरोनाबाट मात्रै १८ हजार १ सय ४९ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा हालसम्म ६० हजार २ सय ८८ संक्रमित भएका छन् । जसमध्ये २ हजार ६ सय ४२ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो समय अफगानस्तिानमा कोरोना संक्रमित हुने दरमा भने केही कमी आएको पाइन्छ ।

त्यस्तै, माल्दिभ्सिमा ३० हजार ७ सय ४५ संक्रमित भएको रेकर्ड छ । जहाँ हालसम्म ७४ जनाको कोरोनाबाट निधन भएको छ । श्रीलंकामा हालसम्म १ लाख ११ हजार ७ सय ५३ संक्रमित भएका छन् । जहाँ ६ सय ९६ संक्रमितको मृत्यु भइसकेको छ ।

कोरोना महामारीबाट बढी प्रभावित अर्को मुलुक बंगलादेश हो । बंगलादेशमा हालसम्म ७ लाख ६३ हजार ६ सय ८२ संक्रमित भएका छन् । सोमबार मात्रै १ हजार ७ सय ३९ संक्रमित थपिएका छन् । ६५ जना थप कोरोना संक्रमितको मृत्युसँगै बंगलादेशमा मृतक संख्या ११ हजार ६ सय ४४ पुगेको छ ।

आजको राजधानी दैनिकमा खबर छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.