हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ ।
यो संगै आज हेटौंडा अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
मृत्यु हुनेमा बाराका ५९ वर्षीय पुरुष रहेका हेटौंडा अस्पतालले जनाएको छ ।
यसअघि आज बिहान हेटौंडा-६ की ४१ वर्षीय महिलाको कोरोनाको कारण मृत्यु भएको थियो । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४० पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।