मकवानपुरगढी- मकवानपुरगढीको कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा एन्टिजेन प्रविधि मार्फत गरिएको परिक्षमा आज १५ जनाको परिक्षण गर्दा ७ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।



पोजेटिभ रिपोर्ट आउनेमा मकवानपुरगढी ३ का १ जना पुरुष , वडा नम्बर ४ का ३ जना पुरुष र १ जना महिला तथा हेटौंडा ९ का १ जना पुरुष र १ जना महिला रहेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो । पोजेटिभ रिपोर्ट आउने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
भानु मावी मिनिपिच (फुटसल) मा स्थापना गरिएको कोभिड १९ अस्थायी अस्पतालमा औपचारिक रुपमा सोमबारदेखि नै परिक्षणको तयारी गरिएको भएपनि सोमबार कोहि पनि नआएको लामिछानेले बताउनुभएको छ । त्यहाँ १५ सैयाको आइसोलेसन वार्ड निर्माणको कार्य तिब्र गरिमा भइरहेको जनाइएको छ ।
आजको रिपोर्ट सँगै मकवानपुरगढीमा २६ जनामा कोभिड संक्रमण पुष्ठि भएको छ । जसमा १९ जना पुरुष र ७ जना महिला रहेका छन् । जसमध्ये ५ जनाको एन्टिजेन र २१ जनाको पिसिआर मार्फत परिक्षण गरिएको स्वास्थ्य प्रमुख लामिछानेले बताउनुभयो ।
संक्रमित हुनेहरुमा वडा नम्बर २ का ४ जना पुरुष र २ जना महिला गरि ६ जना , वडा नम्बर ३ मा ६ जना पुरुष १ जना महिला गरि ७ जना , वडा नम्बर ४ मा ५ जना पुरुष र २ जना महिला गरि ७ जना , वडा नम्बर ५ मा ४ जना पुरुष र १ जना महिला गरि ५ जना र वडा नम्बर ८ मा १ जना महिला रहेका छन् ।
उनीहरू मध्ये २ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने बाँकी २४ जना होम आइसोलेसनमा नै रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको लामिछानेले बताउनु भएको छ ।