
मकवानपुर- मकवानपुरमा बिहीवार थप ६८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३२ जना महिला र ३६ जना पुरुष रहेका छन् ।
२२ गते आइतबार हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य केन्द्रबाट जम्मा ९७ जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा ८८ जनाको आरटिपिसिआरबाट ६३ जना र ९ जनाको एण्टिजेन परिक्षणबाट ५ जनाको पोजेटिभ रिपोर्ट आएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौंलागाईले बताएका छन् ।
संक्रमित मध्ये हेटौंडा उपमहानगरपालिका भित्रका ५९ जना रहेको र सबैभन्दा धेरै ४ नम्बर वडाका २२ जना संक्रमित रहेका छन् । यसैगरी थाहा नगरपालिकाका ५ जना र मनहरी गाउँपालिकाका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
परिक्षण गरिएकामा पोजेटिभ बालबालिका २ जना र जेष्ठ नागरिक १ जना रहेका छन् भने २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1