
मकवानपुरगढी- अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा आइतबार गरिएको कोभिड परिक्षणमा ५ जनामा संक्रमण देखिएको छ ।


जम्मा ८ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा वडा नम्बर ३ का ३६,१७ र ४० वर्षका ३ जना पुरुष र वडा नम्बर ३ कै ३३ र ३७ का २ जना महिलाको रिपोर्ट पोजेटिभ आएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।
आइतबार जम्मा ८ जनाको परिक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको हो । २५ गते शनिबार सम्ममा मकवानपुरगढी गाउँपालिका भरिमा १२ जना महिला र २४ जना पुरुष गरि ३६ जनामा संक्रमण पुष्टि भएको छ भने १ संक्रमितको मृत्यु भएको छ ।
हरेक दिन बिहान १० बजे देखी २ बजे सम्म परिक्षण गर्ने गरिएकोले संक्रमित ब्यक्तिका परिवारका सदस्य तथा लक्ष्यण देखिएका बिरामीहरुले परिक्षण गर्न स्वास्थ्य प्रमुख लामिछानेले अनुरोध समेत गर्नुभएको छ । साथै कुनै समस्या भएमा मोबाइल नम्बर ९८५५०६९१२९ मा फोन गर्न समेत लामिछानेले अनुरोध गर्नुभएको छ ।
संक्रमण पुष्टि भएका ब्यक्तिका परिवारका सदस्यहरु यत्रतत्र हिड्ने गरेको गुनासो आएको भन्दै पुष्टि भएको दिन देखि कम्तीमा ५ देखि ७ दिनसम्म सार्वजनिक स्थानहरुका जमघटमा ननिस्कन तथा काम गर्ने स्थानहरुमा नजान समेत स्वास्थ्य शाखा प्रमुख लामिछानेले अनुरोध गर्नुभएको छ ।
