
मकवानपुरगढी – गाउँपालिकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि मकवानपुरगढी गाउँपालिकाले जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रुपमा बिरामी ओसारपसारमा प्रयोग गरिने भएको छ ।


आईतवार (आज) एक सूचना जारी गर्दै मकवानपुरगढीका जनप्रतिनिधिले प्रयोग गर्दै आएको बा १ झ ९२०४ नम्बरको सरकारी सवारी साधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न लागिएको भन्दै सम्पर्क नम्बर सहित सूचना प्रकाशित गरिएको छ ।
यस अघि मकवानपुरगढी वडा नम्बर २ शिखरकटेरीको एम्बुलेन्स प्रयोग हुँदै आएकोमा बिरामीको संख्या वृद्धि हुन थालेपछि २ ओटा सवारी साधन कोभिडका विरामी ओसार्ने एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याईने उक्त सूचनामा उल्लेख गरीएको छ ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1