


काठमाडौ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे आबस्यक छलफल र परामर्श गर्न विपक्षी दलको बैठक बोलाउनु भएको छ ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि काङ्ग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बैठक बस्न लागेको हो।
नयाँ सरकार गठनका सन्दर्भका काँग्रेसका, माओवादी केन्द्र, जसपा लगायतका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1