


काठमाडौं / नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ ।
चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको हो ।
दोलखा स्थाइ घर भएका चौलागाईं कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहनुभएको थियो । नेकपा एमालेका पुर्ब पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा जिल्लाको (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1