• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

माधव नेपालहरूले राजिनामा दिए कांग्रेसले रूख चिन्हमा उपचुनाव लड्न अवसर दिने

✎ शुभसमय२०७८ बैशाख २९ गते, बुधबार १४:१४ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


काठमाडौँ / नेपाली कांग्रेसले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राजिनामा दिने एमालेका सांसदहरूलाई उप चुनावमा जिताउने प्रतिवद्धता जनाएको छ । एमालेका निलम्बित नेता माधवकुमार नेपाल र भाीम रावलसँग मंगलबार राति भएको भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले राजिनामा दिने सबैलाई उपचुनाव मार्फत विजयी गराउन लिखित गर्न तयार रहेको बताएका छन ।


मंगलबार रातिको भेटमा देउवाले एमाले सांसदको राजिनामाबिना कुनै निर्णय गर्न पनि अफ्ठेरो रहेको बताएपछि नेता नेपाल र रावलले ओली पुनः सत्तामा आउन नदिनका लागि कांग्रेसले भनेको संख्यामा एमाले सांसदको राजिनामा गराउने बताउनुभएको थियो ।त्यतिखेर माधव नेपालले १६ सांसदको राजिनामा दिलाउन तयार रहेको बताउनुभएको थियो । 

त्यसको बदलमा देउवाले माधव नेपालसहितका राजिनामा दिने सांसदहरूलाई उप चुनाव जिताइदिने प्रतिवद्धता व्यक्त गरेको बुझिएको छ । उहाँले एमालेबाट राजिनामा दिएपछि घर न घाटको हुने अवस्थामा नेपाली कांग्रेसको रूख चिन्हमै चुनाव लड्न दिने समेत बताउनुभएको बुझिएको छ । त्यसपछि नेपालले एमाले नै छाडेपछि चुनाव चिन्ह जुन भए पनि फरक नपर्ने तर केपी ओलीलाइ सत्तामा कुनै पनि अवस्थामा टिक्न दिन नहुने बताउनुभएको थियो ।

त्यसअघि बसेको माधव समूहको स्थायी कमिटी बैठकले भने देउवालाई प्रधानमन्त्री बनाउने नाममा संसदको जागिर छाड्न नहुने निष्कर्ष निकालेको थियो ।सोही निष्कर्ष बोकेर देउवा निवास पुगेका नेपाल र रावललाइ देउवाले उप चुनाव जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए । देउवाले राष्ट्रियसभाको उपनिर्वाचनमै इमान्दारिता देखाइसकेको भन्दै धेरै परीक्षण नगर्न आग्रह समेत गर्नुभएको थियो । ( दैनिकीबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

एमालेको बागमती नेतृत्वमा सहमति जुटेन, निर्वाचनका लागि उम्मेदवारी दर्ता

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.