काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीको बिस्थापन र नयाँ सरकार गठन सम्बन्धमा छलफल गर्न देउवा र प्रचण्ड बिच भेटवार्ता भएको हो । वैकल्पिक सरकार गठनको समय घर्किँदै गइरहेका प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको हो ।
छलफलमा देउवा र प्रचण्डबीच समयमै बहुमतियको सरकारको दावी लिएर राष्ट्रपति समक्ष जाने सहमति भएको श्रोतले जानकारी दिएको छ ।
संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिनुभएको छ ।