• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

किसानले उत्पादन गरेको दुध खेर गएकोमा दुख लागेको छ – अध्यक्ष अधिकारी

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ २ गते, आईतवार १७:३८ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email
अध्यक्ष : मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.

मकवानपुर – कोरोना भाइरसको दोस्रो भेरिएन्टको महामारी विश्वभरि फैलिई रहेको बेला नेपालमा पनि यसको संक्रमण तिब्र रुपमा फैलिदो अवस्थामा छ । जसको कारण कैयौंको ज्यान गैसकेको छ भने हजारौं जना अहिलेपनी उपचाररत रहेका छन् ।

समुदाय स्तरमा महामारी फौलिंदै गएपछी देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएका छन् । जसको कारण शहर-बजार करिब पुर्णरुपमा बन्द गरिएका छन् भने अत्यावश्यक बाहेकका यातायात पनि पुर्णरुपमा बन्द गरिएका छन् ।

यसरी सबै क्षेत्र बन्द हुँदा त्यसको प्रत्यक्ष असर दुध क्षेत्रमा परेको छ । हरेक दिन बिहान-बेलुका नै उत्पादन हुने दूध बजारमा बिक्री वितरण नहुँदा किसानले घरमै ब्यवस्थापन गर्नुपरेको छ । थोरै मात्रामा भएको दुधलाई ता किसानले जसोतसो ब्यवस्थापन गरेपनी धेरै दूध उत्पादन गरिरहेका किसानलाई भने धेरै नै समस्या परिरहेको छ । उत्पादन भएको दुध घरमा खाएर नसकिने कारण किसानहरु दूध पोख्न बाध्य छन् ।

अन्य जिल्लाहरुमा जस्तै यो समस्या मकवानपुरका किसानहरुलाई पनि पर्न थालेको छ । यहाँ किसानहरूले उत्पादन गरेको दुध सहकारी संस्थाहरुबाट संकलन गरि मकवानपुर जिल्ला सहकारी संघको सहजीकरणमा मकवानपुरका उद्योगहरु लगायत पोखरा काठमाडौंका उद्योगहरुमा बिक्री वितरण गर्ने गरिएको छ ।

निषेधाज्ञाको कडाइ सँगै उद्योगबाट बजारमा बिक्री वितरण गरिने गरेको दूध बिक्री नहुँदा मकवानपुरबाट दुध लगिरहेका उद्योगहरुले दूध लान कटौती गरेका छन् । यता मकवानपुरमा रहेका हेटौंडा दुग्ध वितरण आयोजना (सरकारी संस्थान) , निजि क्षेत्रको हेटौंडा डेरी लगायत साना उद्योगहरुले दूध लान भारी कटौती गरेको तथा बन्दका कारण स्थानीय बजारमा दूध बिक्री न्यून रहेका कारण सहकारीहरुले दुध संकलन बन्द गर्नु परेको छ ।

बन्दका कारण किसानले निकै मिहिनेतका साथ उत्पादन गरिरहेको दूध खेर गइरहेकोमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीले दु:ख व्यक्त गर्नुभएको छ । यो विषम परिस्थिति कसैको नियन्त्रणमा नरहेको भन्दै महामारीबाट बच्न सावधानीका उपायहरु अपनाउन सम्पुर्ण किसानहरूलाई अनुरोध गर्नुभएको छ । किसानले उत्पादन गरेको दूध खेर जान नदिन राज्यले विषेश पहल गर्नुपर्ने अधिकारीले बताउनुभएको छ ।

मकवानपुरमा सहकारी संस्थाहरु मार्फत दैनिक करिब ५० हजार लिटर दूध संकलन भइरहेको र संकलन भएको दुधको बिक्री ब्यवस्थापन जिल्ला संघ मार्फत भइरहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो । बन्द तथा निषेधाज्ञाको कारण दूध बिक्रीमा भारी कटौती भएकोले संस्थाहरुमा आलोपालोमा दुध संकलन गरिएको दाहालले बताउनुभयो ।

उता बन्दका कारण दुग्ध किसानलाई ठूलो समस्या तथा नोक्सानी भएको भन्दै किसानलाई राहत उपलब्ध गराउन नेपाल सरकार समक्ष केन्द्रिय दुग्ध सहकारी संघले माग गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.