


काठमाडौं / चीन सरकारले नेपाललाई दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ ।
अक्सिजन सिलिण्डर बोकेको चिनियाँ गाडी तिब्बतर्फको नाकामा आइपुगेको सरकारले जनाएको छ ।
सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताउनुभएको छ ।
तातोपानी नाकामा आइपुगेको १८ हजार थान सिलिण्डर प्रक्रिया पूरा गरेर काठमाडौं ल्याउने सरकारले तयारी गरेको छ ।
सरकारले थप अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री लिन शनिवार साँझै नेपाल एयरलाइन्सको वाइडबडी विमान
चिनको बेइजिङ पठाइसकेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1