• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

राष्ट्रिय युवा परिषदले बनायो कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र, जिल्ला स्तरमा युवा समितिले सहजीकरण गर्ने

✎ शुभसमय२०७८ जेष्ठ २ गते, आईतवार १५:०९ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं / नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा अत्यावश्यक सामग्रीको उपलब्धताबारे समन्वय एवं सहजीकरण गर्न कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरेको छ ।

परिषदले कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको संयोजकत्वमा १७ सदस्यीय कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरेको हो ।

परिषद्ले आइतबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै प्रदेश, जिल्ला तथा स्थानिय तहमा समेत संयन्त्र निर्माण गरेर कोरोना महामारीविरुद्ध स्वयंसेवकीय भूमिका निर्वाह गर्न केन्द्र स्थापनव गरेको जानकारी दिएको हो ।
कार्यकारी उपाध्यक्ष ढुंगेलले राज्यले महामारी नियन्त्रणका लागि गरिरहेको प्रयासमा जोखिम मोलेरै महामारीविरुद्ध मैदानमा होमिएको जानकारी दिनुभयो ।
उहाले  बिरामीलाई अस्पताल, औषधि, सावधानीका सम्बन्धमा तत्काल प्रतिक्रिया दिन  चिकित्सकहरूको टोली पनि परिचालन गरेको जानकारी दिनुभयो ।

केन्द्रमा विभिन्न मन्त्रालयका प्रतिनिधि, नेफ्स्कुन, गैसस महासंघ लगायत संघ संस्थाहरु लगायत  विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि सदस्य रहेका छन् ।
त्यस्तै जिल्ला स्तरमामा ७७ वटै  जिल्ला युवा समितिको अध्यक्षहरुको संयोजकत्वमा नेफ्स्कुन, गैसस महासंघ लगायत जिल्ला स्तरिय सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि सदस्य रहेको केन्द्र स्थापना गरिएको छ ।

कोरोना महामारी सुचना तथा सहजीकरण केन्द्रले गर्ने काम
–प्रकोपको रोकथाम र उपचारमा संघ, प्रदेश र स्थानीय सरकारलाई सहजीकरण गर्ने ।
– राष्ट्रिय युवा परिषदमा प्राप्त हुन आएका सूचनाका आधारमा नागरिकको जीवनरक्षाका लागि तत्काल भरमग्दुर पहल गर्ने ।
– अस्पताल तथा अन्य उपचार केन्द्रहरूलाई मेडिकल सामग्री उपलब्ध गराउन प्रयत्न गर्ने ।
– राष्ट्रिय युवा परिषदमा सूचना तथा सञ्चार केन्द्रको सञ्चालन गर्ने ।
– कोभिडको असरले जनजीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न मनोपरामर्श र चिकित्सकीय सेवा उपलब्ध गराउने ।
– प्रकोप रोकथामका लागि सचेतना सामग्री संकलन, उत्पादन, वितरण तथा प्रसारण गर्ने ।
– प्रकोपले पारेको प्रभावको यथार्थ अवस्थाबारे जानकारीका साथ सम्बोधन गर्न फिल्ड अध्ययन गर्ने ।
– औषधि तथा दैनिक अत्यावश्यकीय सामग्रीको खरिद तथा वितरणमा कालोबजारी वा भ्रष्टचार भएको पाइएमा सप्रमाण सरकारी नियामक निकायमा जानकारी गराउने ।
– प्रकोपको रोकथाम र उपचारसँग जोडिएर विकसित घटनाक्रमका आधारमा सम्बोधन गर्न सामुदायिक, निजी र गैरसरकारी क्षेत्रसँग समन्वय तथा सहकार्य गर्ने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

मनकामना केबलकार दुई दिन बन्द हुने

यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा

 पोखराका लागि आज बिहानै उडेका दुई वटा विमान काठमाडौं नै फर्किएका छन् ।

स्थानीय तहका कर्मचारीले थाले आन्दोलन

चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.