
मकवानपुरगढी – मकवानपुरगढीमा आइतबार २ जना कोभिड संक्रमित थपिदा ५ जना संक्रमण मुक्त भएका छन् ।
आइतबार हेटौंडा अस्पतालबाट प्राप्त RT-PCR रिपोर्ट अनुसार मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर ३ का २९ बर्षकि १ जना महिला र वडा नम्बर ८ का ३१ वर्षकी १ जना महिला गरि २ जनाको कोभिड १९ पोजेटिभ रिपोर्ट प्राप्त भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।
त्यसैगरी आइतबारै संक्रमणमुक्त हुनेको संख्या ५ जना रहेको छ । पालिका भरिमा सक्रिय संक्रमीतको संख्या ६८ जना रहेको छ । जसमध्ये ६६ जना होम आइसोलेसन रहेका छन् भने अस्पतालमा उपचाररत २ जना रहेका छन् ।
हालसम्म कोभिड १९ को दोश्रो लहरबाट ८५ जना संक्रमीत भएका छन् १ जना पुरुषको मृत्यु भएको लामिछानेले बताउनुभयो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1