
हेटौंडा / कोरोना नियन्त्रणको लागि प्रशासनले लगाएको निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गर्न नपाएका हेटौंडा ११ थाना भर्याङ्ग र राप्तीपुलमुनी त्रिपाल टाँगेर बस्दै आएका १७ परिवारलाई युवा नेता तिर्थ रोका क्षेत्रीले राहत बितरण गर्नुभएको छ ।
कोरोना नियन्त्रण गर्न प्रशासनले दुई सातादेखि लगाएको निषेधाज्ञा थप लम्बिँदै जाँदा दैनिक ज्यालादारी गरि जिबिकोपार्जन गर्ने अती बिपन्न परिवारलाइ राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा नेकपा एमालेका युवा नेता समेत रहनुभएका रोक्काले राहत बितरण गर्नुभएको हो ।
राप्तीपुल मुनि बस्ने १७ परिवारका ८० जना भन्दा बढीलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल भएको र
उनीहरूलाई यतिबेला रोगभन्दा भोकले सताएको देखेर करिब १५ हजार बराबरको प्रतिपरिवार १० केजि चामल, आलु, नुन, दाल सहयोग गरेको युवा नेता रोक्काले जानकारी दिनुभयो ।
सामाजिक अभियान्ता समेत रहनुभएको रोक्काले राप्तिपुलमुनि त्रिपाल टाँगेर बस्दै आएका अति बिपन्न परिवारहरु केही दिन देखि चिउरा र पानीको भरमा बसिरहेकोले थाहा पाउने बित्तिकै आफू सहयोग गर्न तत्पर भएको बताउनुभयो ।
उहाले मानबताको यो अभियानमा सबैलाइ जुटन आग्रह समेत गर्नुभयो ।