

हेटौंडा / हेटौंडा अस्पतालमा नियमित अक्सिजन आपूर्तिको लागि आबस्यक समन्वय एवं सहजीकरण गर्दै जिल्ला युवा समिती मकवानपुरको पहल र समन्वयमा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु मकवानपुरले ५० थान अक्सिजन सिलिन्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको छ ।
मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा अक्सिजनको अभाव भए संगै जिल्ला युवा समिति मकवानपुरको समन्वयमा पर्सा जिल्लाबाट ल्याइएको ५० थान अक्सिजन सिलिन्डर एक कार्यक्रम गरि हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको हो ।
कोरोना महामारीको रुपमा दिनप्रतिदिन समुदाय स्तरमा फैलिरहेको र संक्रमितको संख्या पनि तिब्र रुपमा वृद्धि भैरहेकोले हेटौँडा अस्पतालमा अक्सिजनको समस्यालाइ टार्नको लागि अक्सिजन उपलब्ध गराइएको जिल्ला युवा समिती मकवानपुर अदालत शिबहरि दाहालले जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले जिल्ला युवा समिती मकवानपुरले कोभिड महामारी सुचना तथा सहजीकरण केन्द्रको गठन गरि काम समेत गरिरहेको बताउनुभयो ।
अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाइलाइ अक्सिजन हस्तान्तरण गर्दै संबिधान सभा मन्चका अध्यक्ष कोरोना महामारी बिरुद्द सबै एकजुट भै अगाडि बढ्नुको बिकल्प नभएको बताउदै सरकारलाइ सबैले साथ दिएर अगाडि बढन अनुरोध गर्नुभयो ।
नेता पौडेलले युवा विद्यार्थीहरुको काम निकै महत्वपूर्ण र सृजनशिल रहेको बताउनु भयो । मुलुकलाई समस्या परेको समयमा युवा विद्यार्थीहरुले यस्तै प्रकारका सृजनशिल काम गर्नुपर्ने उहाको भनाई थियो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य तथा हेटौंडा अस्पताल बिकास समितीका पुर्ब अध्यक्ष सुनिल मोक्तान, जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहाल, अनेरास्ववियुका केन्द्रिय सदस्य किसन घिसिंङ, राष्ट्रिय युवा संघका केन्द्रिय नेताहरु नरेन्द्र भण्डारी, बिश्व राई, चन्द्र शाही, तिर्थ रोक्का, कृष्ण लामिछाने, राजेश नगरकोटी, सागर पान्डे, नेकपा एमाले जिल्ला कमिटी सदस्य समिम खान, अखिल मकवानपुरका संयोजक विशाल पौडेल, युवा नेता इन्साफ केसि, जनार्दन नेपाल, अस्पताल बिकास समितीका सदस्य हिरा लामा र उत्सब चौलागाईंको उपस्थिति रहेको थियो ।