• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

स्वास्थ्याेपचारमा आर्थिक समस्या भएपछी सहयाेगकाे अपिल

✎ शुभसमय२०७८ जेष्ठ १० गते, सोमबार १९:१६ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email
स्वास्थ्याेपचारमा आर्थिक समस्या भएपछी सहयाेगकाे याचना

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–३ बसामाडी निवासी ४३ वर्षीय दिनेश दाहालको स्वास्थ्य उपचारको लागि सहयोगको याचना गरिएको छ । क्यान्सरकाे कारण श्रीमती गुमाएकाे केही वर्षमै दिनेशलाइ नै स्वास्थ्य समस्या देखिएपछि उपचारमा आर्थिक समस्या परेकाे हाे ।

२ वर्षदेखि कलेजोको समस्याबाट पीडित दाहाल हाल हेटौंडाको सञ्चो हस्पिटलमा फलोअप गरिरहेका छन् । ‘नियमित उपचार कलेज अफ मेडिकल साइन्समा गराइरहेका थियौ, कोरोना महामारीको कारण जान सकिएन, अनि हेटौंडामै फलोअप गरिरहेका हौ, अवस्था धेरै नाजुक छ’ दिनेशकी बहिनी रीता दाहालले भनिन् ।

श्रीमतीको उपचारमा धेरै खर्च लागेको कारण नगद तथा जायजेथा सकेपछि बाहलमा बस्दै आएका उनी अहिले आफ्नो उपचारमा आर्थिक अभावकै कारण समस्या रहेको परिवार स्रोतले जनाएको छ । ‘भाउजुको जीवन बचाउनको लागि सबै खर्च गर्नुभयो, कमाउला भन्ने आँट दाइलाई थियो, भाउजुलाइ पनि बचाउन सकिएन २ वर्षदेखि दाइ नै बिरामी परेपछि वृद्ध आमा र साना साना २ सन्तानलाई भरण पोषणमा नै समस्या भयो’ बहिनी रीताले भनिन् ।

कलेजोसम्बन्धी समस्या (लिभर शिरोसिस) को कारण पेटमा पानी जमेर समस्या भएकोले तत्काल उपचार गर्नु पर्ने स्वास्थ्यकर्मीले सुझाव दिएको उनले बताइन् । ‘भाउजु गुमाएको चोट आलै, छ दाइको यो हालत भो, परिवारमा कमाउने र भरथेग गर्ने मान्छे कै यो अवस्था छ, मेरो दाइको जीवनको लागि सबैसँग मेरो अनुनय छ’ बहिनी रीताले भनिन् ।

हालसम्म उपचारका लागि करिब ४० लाख रुपियाँ खर्च भएको र अबको आर्थिक अवस्था नै कमजोर भएपछि सहयोग माग्नु भन्दा कुनै विकल्पै नरहेको परिवारका सदस्यले जनाएका छन् ।
पछिल्लो समय डाक्टरले उपचारका लागि ६ लाख रुपैयाँ लाग्ने जानकारी दिएको बताइएको छ ।

दाहाल प्रतिष्ठान मकवानपुरले दिनेशको उपचारको लागि अभियान सुरु गरेको छ । तर कोरोना महामारीको कारण अभियानमा सहज रुपले आर्थिक संकलन हुन नसकेको प्रतिष्ठान अध्यक्ष सिताराम दाहाले बताए ।

दाहाल प्रतिष्ठानको आजिवन सदस्य समेत रहेका दिनेश दाहालको उपचाररार्थ आर्थिक सहयोग गर्नको लागि प्रतिष्ठानले आग्रह गरेको छ । उनको उपचारको लागि Comeupwith100 अभियानबाट २५००० स्वीकृत भएको दाहाल प्रतिष्ठान बागमती प्रदेश अध्यक्ष शिवहरी दाहालले बताए । रकम अपुग भएपछि प्रतिष्ठान जिल्ला शाखाले अभियान चलाएका हो ।

‘हुन त संसार नै अहिले महामारीको चपेटामा छ, हामीले आफ्नो सामान्य खर्च कटाएर पनि कसैको ज्यान बचाउन सकिन्छ भने सबैलाई सहभागी भैदिन अनुरोध गर्दछु’ दाहाल प्रतिष्ठान जिल्ला शाखा मकवानपुर कोषाध्यक्ष तथा दिनेश दाहाल बचाउ अभियान उपसमिति संयोजक तुलसा तिमल्सिना दाहालले भनिन् ।

यस अभियान अन्तरगत हालसम्म Comeupwith100 अभियानसँगै दाहाल प्रतिष्ठान बागमती प्रदेश समिती, दाहाल बन्धुहरु कुमारमणि दाहाल, सिताराम दाहाल (ए), दिपक दाहाल, सरिता दाहाल, सिताराम दाहाल (बी) दुर्गा दाहाल, राजेश्वर दाहाल, बिष्णु दाहाल, तारानाथ दाहाल गुरौखोला, गोपाल दाहाल तथा सहयाेगी ईन्द्रप्रसाद सन्जेलबाट समेत गरी ४६ हजार संकलन भएको प्रतिष्ठानले जनाएको छ । सहयोगको लागि दाहाल प्रतिष्ठान मकवानपुर शाखाको खाता नम्बर 05-085-01577768-01-8 मा र इ–सेवाबाट 9855075600मा जम्मा गर्न सकिने छ । अथवा दिनेश दाहालको नाममा प्रभु बैंकको खाता नम्बर ०४६०१३३९७६९०००३१२ मा जम्मा गर्न सकिनेछ । (सहि खबर डटकमबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.